मोरङका पाँचवटा पालीकाको सहयोगमा मोरङको बुढीगंगा गाँउपालिकाको टंकीसिनवारी स्थित सशस्त्र प्रहरी बल नेपाल ३ नं. कंकालिनी गणमा विभिन्न पाँच वटा पालिकाहरुको सहयोगमा मिटिङ हल निर्माण गरिने भएको छ ।

शुक्रवार एक कार्यक्रम बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, बुढीगंगा गाँउपालिका जीत नारायण थापामगर, कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरी, जहदा गाँउपालिकाका अध्यक्ष जितेन्द्र साह र धनपालथान गाँउपालिकाका अध्यक्ष जिवछ गच्छेदारले मिटिङ हल भवन निर्माणको संयुक्त रुपमा शिलान्यास गरेका हुन । मोरङ जिल्ला भरी सशस्त्र प्रहरी परिचालन गर्ने मुख्य कार्यालय रहेको सो स्थानमा मिटिङ हल आवश्यक रहेको जानकारी पाएपछि पाँच वटै पालिकाको सहयोगमा हल निर्माणका लागि सहमति जुटेको बुढीगंगा गाँउपालिकाका अध्यक्ष जीत नारायण थापामगरले बताए । 

3

एक महिना भित्र निर्माण सक्ने गरी निर्माण गर्न लागिएको सो मिटिङ हलमा बैठक लगायतका अन्य कार्यक्रम गर्न सकिने सशस्त्र प्रहरी बल ३ नं. कंकालिनी गण टंकिसिनवारीले जनाएको छ । करिब ४० लाख रुपैया लगानीमा निर्माण हुने सो मिटिङ हल ४० फिट लामो र २० फिट चौर्डाईको हुने बताइएको छ ।