कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्र्कीले मंसिर ९ गते ५० करोड थप गर्दै ल्याएको प्रतिस्थापन विधेयक बजेट आर्थिक बर्ष वितेको ४ महिना पछि सर्वसम्मतिले पारित भएको छ ।   

 बुधवार वसेको चौथो अधिवेशनको १३ बैठकबाट विनियोजन विधेयक सर्वसम्मपतिले पारित भएपछि यस प्रदेशले बजेट पाएको छ ।  कोशी प्रदेश सभामा प्रस्तुत बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार प्रस्ताव गरेका थिए । चार दिन सम्म छलफल भए पछि आज सर्वसम्मतिले बजेट पारित भएको हो । 

koshi pradesh sava (1)

आजनै प्रदेश सभामा उक्त विधेयकमा असहमति राख्दै एमालेका ६ र राप्रपाका २ सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए । मुख्यमन्त्री कार्कीले मानविय विकास र जनताको स्वास्थ्यलाई प्राथमिकता दिएर आफुले भौतिक विकास भन्दा मानविय विकास आहिलेको आवश्यक्ता भएकाले भएकाले बजेट विनियोजन गरेको र अन्य क्षेत्रमा गरिएको बजेट कटौतिमा सुधार गरिने बताए पछि बजेट पारित भएको हो । मुख्यमन्त्रीको वक्तव्य पछि असन्तुष्ट सांसदहरुले आप्mनो जिज्ञासा राख्दै प्रस्ताव फिर्ता लिएका थिए । 

यसरी खर्च कटौतीको प्रस्ताव गर्ने सांसदहरुमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राई रहेका छन । यस्तै राप्रपाका भक्ति प्रसाद सिटौला र गोपाल विश्वकर्मा रहेका थिए तर उनीहरूले आफ्नो प्रस्ताव फिर्ता लिएसँगै विनियनेजन विधेयक निर्णयार्थ पेश भएको थियो । उक्त प्रस्तावलाई सबै दलले ध्वनिमतका साथ समर्थन गरेका थिए ।