खोटाङ र तेह्रथुम जिल्लाको छुट्टा छुट्टै स्थानमा रुख काट्ने क्रममा रुखले किचेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमको लालीगुराँस नगरपालिका—४ का ५४ बर्षीय धन बहादुर पौडेल रहेका छन् ।
आफ्नै बारीमा रहेको उत्तिसको रुख काटी डोरीले तान्ने क्रममा रुखले किच्दा घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
त्यसैगरी खोटाङको जन्तेढुङगा गाउँपालिका ३ का ६३ बर्षीय दिर्पमान राईले घर बनाउनको लागि उत्तिसको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थालमा नै मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।