विराटनगर, ९ मंसिर ।लैगिक हिंसिा विरुद्धको १६ दिने अभियानलाई कोठामा मात्र सिमित राखेर भाषण गरेर मात्र सार्थक नहुने भन्दै यसको रुप परिवर्तन गर्नु पर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
लैंगिक हिंसा अन्त्यको सुनिश्चितताःमहिला र बालबालिकामा लगानिको ऐक्यवद्ध्ता भन्ने नाराका साथ विराटनगर महानगरपालिकामा आयोजना गरिएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सहभागिहरुले लैंगिक हिंसा मात्र होइन सबै किसिम हिंसा न्यूनिकरण समाज विकासको आवश्यकता भएको बताए । हिंसामुक्त समाज निर्माणमा सबैको सहकार्य र सहयोग भए मात्र लैंगिक हिंसा अन्त्य गर्न सकिने उनिहरुको भनाई थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्र्कीले वर्षेनी गरिने यस्ता अभियानलाई र्सार्थक बनाउन प्रत्येक नागरिकलाई सचेत र सजग बनाउन सचेतना अभियान वर्षैभरी संचालन गरिनुपर्ने बताइन । उनले यसै वर्षदेखि विराटनगर महानगरपालिकामा हिंसापिडितको अवस्था, जानकारी र स्थिति बारे र्सर्वेक्षण थालिने जानकारी दिइन् । उनले हाम्रो समाजमा सोच्नै नसक्ने व्यक्ति परिवार बाट हिंसा भइरहेको बताइन । उपमेयर कार्कीले समाजमा जव आफु देखि परिवर्तन हुन सकिदैन हिंसा नरोकीने धारणा राखीन् । उनले प्रत्येक संघ सस्था पुलिस प्रशासन स्थानिय निकयबाट हिंसा न्युनिकरणमा जोड दिनु पर्ने बताइन ।
विराटनगर महानगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा पालिकाका वडाध्यक्षहरु, मानव अधिकारकर्र्मीहरु, विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु, मानव अधिकार संजालका प्रतिनिधिहरु, प्रहरीहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।