विराटनगर, ९ मंसिर ।  प्रदेश सरकारले प्रतिस्थापन विधेयक मार्फ आर्थिक वर्ष०८०र८१ को लागि ३६ अरब ७४ करोड ३५ लाख रुपैया बराबरको बजेट ल्याएको छ ।

जेठ मसान्त भित्रै बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान भएपनि कोशी प्रदेशमा पटक पटक सरकार परिवर्तन र अस्थिरताका कारण आर्थिक वर्षको पहिलो चौमासिक बितिसकेको समयमा कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट भन्दा करिब ४० करोड बढीको बजेट ल्याएको हो । तत्कालिन मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले गत जेठ ३२ गते आर्थिक वर्ष०८०र८१ का लागि ३६ अरब २४ करोड ३५ लाख रुपैया बराबरको बजेट पेश गरेका थिए । 

 आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्र्री केदार कार्र्कीले शनिवार बसेको प्रदेश सभाको चौथो अधिवेशनको ९ औं बैठकमा कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको बनेको कोशी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० पेश गरे । प्रतिस्थापन विधेयक पेश गर्दै मुख्यमन्त्री कार्र्कीले बजेटमा सामान्य हेरफेर गरेको र एक लाखे दुई लाखे योजनाहरु कटौती गरेर प्रदेश सांसदहरुको हैसियत र अवस्थालाई उचा पार्ने प्रयास गरेको बताए । मुख्यमन्त्री कार्कीले प्रदेश स्तरका सवै संचार माध्यमलाई नियमन गर्न आवश्यक कानून निर्माण गरिने बताए । उनले भूमि व्यवस्था र भूमि हिनको जिविकोपार्जन सम्बन्धी आवश्य नीति कानून मापदण्ड बनाइने बताए । उनले देशमा भइरहेको आर्थिक मन्दितर्फ संकेत गर्दै समग्र आर्थिक अवश्थामा देखिएको समस्याको समाधान गर्दै विकाश र समृद्धिको कार्यमा अघिढ्ने कार्य चुनौतिपुणर् रहेको बताउदै बजेट प्रस्तुत गरेका हुन ।

कोशी प्रदेश सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा पूँजीगत तर्फ२० अरब ३८ करोड १५ लाख रुपैया र चालू खर्च तर्फ१२ अरब ६८ करोड १० लाख रुपैया छुट्याएको छ भने स्थानीय तहलाई वित्तिय हस्तान्तरणका लागि ३ अरब ६६ करोड ७३ लाख रुपैया विनियोजन गरिएको छ ।

मुख्यमन्त्री कार्र्कीले पेश गरेको  प्रतिस्थापन विधेयक प्रस्ताव र्सवसम्मतिले पारित भएको छ । प्रतिस्थापन विधेयक माथि आइतवार देखि सैद्धान्तिक छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।