मोरङको कटहरी गाउँपालिकामा विराटनगरका ७ जना कानून व्यावसायीहरुको लगानीमा गाँउबेनी कृषि फार्म सञ्चालनमा आएको छ ।

करिव १२ करोडभन्दा बढिकोे लगानीमा निर्माण गरिएको सो फार्म कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले शुक्रबार उद्घाटन गरे पछि सञ्चालनमा आएको हो । सो कृषि फार्म भित्रै नेपालको हरेक जात जातिको पहिचान झल्किने गरी जातीय घरको निर्माण गरिने तयारी भई रहेको छ भने विभिन्न जात जातिका बोट विरुवाहरु रोपिएको छ ।

मोरङको कटहरी गाउँपालिकामा कृषि पर्यटन भित्र्याउन र कृषिलाई उत्पादकत्वमा जोड दिन कानून व्यावसायीहरुले लगानी गरेको बताएका छन् । 

11

विराटनगरका कानुन व्यवसायी भरत थापा, डिल्लीबहादुर कार्की, हेमराज पन्त, पुनम गुप्ता,  ओमप्रकाश रौनियार ,उपेन्द्र केशरी, र रोशन गुप्ताले कटहरी गाउँपालिकाको वडा नं. ३ मा ७ बिघा जग्गा खरीद गरेर बेनीगाँउ कृषि फार्म सञ्चालनमा ल्याएको जानकारी दिए । जुन कृषि फार्ममा माछा पालन, कुखुरा पालन, खसी पालन, अग्यार्निक तरकारी खेती, फलफूल खेती गरिने व्यावसायीहरुले बताएका छन् । कटरी गाँउपालिकामा स्थापित सो र्फाममा घुम्न जानेहरुको लागि रेष्टुरेन्टको पनि व्यवस्था गरिएको छ । पर्यटक भित्र्याउनको लागि यस बेनीगाँउ कृषि फार्मले सहयोग पुर्याउने कानून व्यावसायीहरुले बताएका छन् ।