कुमारी बैंकले ७ लाख रुपैंया बराबरको बिमा दाबि रकम आज बेलबारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेको छ।  बेलबारी नगरपालिकामा कार्यरत कर्मचारी बिशाल  सिटौलाको सडक दुर्घटनामा परी असामहीक निधन भएपछि परिवारलाई मृत्यु दावी भुक्तानी स्वरुप उक्त बिमा दाबि रकम हस्तान्तरण गरेको हो । 

बेलबारी नगरपालिकामा कार्यरत कर्मचारी बिशाल  सिटौलाको सडक दुर्घटनामा परी असामहीक निधन भएको थियो।  सिटौलाको कुमारी बैंकमा कुमारी प्रीमीयम तलव बचत खाता सञ्चालनमा रहेको थियो । सिटौलाकी पत्नी अनिसा रिजाललाई  ७ लाख रुपैंया बराबरको बिमा दाबि रकम बैंकले हस्तान्तरण गरेको छ।  बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राइ उपप्रमुख नितु थापा कोइराला प्रमुख प्रसाशाकीय अधिकृत तारानाथ लुइँटेल,पालिकाका कर्मचारी तथा बैंकका प्रतिनिधिहरुको उपस्थितीमा उक्त चेक  हस्तान्तरण गरेको हो।

  वि.स. २०७९ साल फाल्गुण ११ गते सडक दुर्घटनामापरी दमक नगरपालिका वडा नम्बर २ का विशाल सिटौलाको मृत्यु भएको थियो । कुमारी बैंकले न्यूनतम शुन्य मौज्दातमा खोलिएको उक्त रकम हस्तान्तरण गरेको हो  । उक्त खातामा ७ लाख सम्मको खाता धनिको दुर्घटना बिमा हुनेभएपछि  कुमारी बैंक लिमिटेड बेलवारी शाखाले “कुमारी प्रीमीयम तलव बचत खाता” अन्तर्गत गरिएको बीमा बापतको रकम आज एक कार्यक्रमको बिच हस्तान्तरण गरेको हो । परिवारको लालनपालन गर्दै आएका घरको मुली नै सडक दुर्घटनामा परी मृत्यु भएपछि शोकमा परेको यो परिवारलाई कुमारी बैंकको “कुमारी प्रीमीयम तलव बचत खाता” ले ठुलो राहत दिएकोपनि  बैंकले दाबी गरेको छ । 

मृतक विशाल सिटौलाको परिवारलाई  बैंकका कोशि प्रदेश प्रमुख श्री मनिष श्रेष्ठ, प्रदेश अपरेशन व्यवस्थापक श्री दिवाकर कट्ठेल, शाखा प्रबन्धक अम्बिका प्रसाद खतिवडा, शाखा अपरेशन प्रमुख जुडास खरेल लगायतको उपस्थितीमा मृतककी पत्नी अनिसा रिजाललाई उक्त रकम  हस्तान्तरण गरीएको हो ।  “कुमारी प्रीयीयम तलव बचत खाता” खोलेमा खातामा रु ७ लाख सम्मको खातावालाको बिमा हुने बैंकले जानकारी दिएको छ । यस खातामा इन्टरनेट बैंकिङ्ग ( निःशुल्क, मोबाइल बैंकिङ्ग ( पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड (पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लाग्ने कुमारी बैंक बेलवारी शाखाले जानकारी दिएको छ।