राज्यले महिलाको लैंगिक, आर्थिक र सामाजिक सशक्तिकरणका लागि कानुन बनाइ दिएको भरमा महिलाहरुमाथि हुने भेदभाव हट्न नसक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

मंगलबार विराटनगरमा बियोण्ड बेइजिङ कमिटी र बाल समाज नेपालले आयोजना गरेको कार्यक्रममा उन्मुलन गर्ने महासन्धी सिडअ सम्बन्धी परामर्श कार्यशालामा सहभागि महिलाहरुले महिला विरुद्ध अझै पनि भेदभाव कायम रहेकाले यसलाई सबैको सहयोग र प्रयासमा समाधान गर्नुपर्ने बताए । सो कार्यक्रममा महिलाहरुले पनि सशक्त आवाज उठाउनु पर्ने र सचेतना जगाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले महिला हिंसा अन्त्यका लागि धेरै कानूनहरु बनेको भएपनि कार्यान्वयन हुन नसकेकोले सचेतता जगाउन सचेतना कार्यक्रम संचालन गर्नुपर्ने बताइन । उनले तीनै तहका सरकारले महिलाहरु माथिहुने हिंसा रोक्ने कार्यक्रमहरु ल्याउनु पर्ने र स्थानिय तहहरुले नै जिम्मेवारी पुर्वक काम गर्नु पर्ने बताइन । 

सो कार्यक्रममा  सहभागिहरुले महिलाहरुलाई आर्थिक, सामाजिक तथा राजनैतिक रुपमा सशक्तिकरण नगरे सम्म महिला भेदभाव र हिंसा अन्त्य गर्न नसकिने धारणा व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा पूर्व प्रदेश सांसदहरु, अधिकारकर्मीहरु, कानुन व्यवसायी र गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु साथै संचरकर्मीहरुको उपस्थिति रहेको थियो ।

photo (8)