टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ ।
टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको भएपनि उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ ।
आजै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।