विराटनगर ३ मंसिर
छठ पुजाको अवसरमा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले धर्म सहितको सनातन हिन्दु राष्ट्रको माग राख्दै दण्ड प्रणाम यात्रा सिंघिया घाटसम्म गरेका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले हिन्दु राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने भन्दै यो १९ औं दण्ड प्रणाम यात्रा गरेको बताए । उनेले मुलुकको शान्ति विकास र समबृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको बताए । उनले भने छैठि मातासँग मेरो अहिले पनि प्रार्थना छ र विश्वास पनि छ छैठि मातासंघ धेरै विश्वास भएका कारण यो बर्त बस्ने गरेको छु ।
विराटनगर महानगरपालिका–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा गर्ने गरेको उनले बताए । पराजुलीसँगै भतिज प्रमेशले पनि दण्ड प्रणाम यात्रा शुरू गरेका छन । दण्ड प्रणाम यात्राका लागि उनी शनिवारदेखि व्रत बसेका थिए ।
उनले देशमा भएको अशान्तिको विरुद्धमा पनि ब्रत बसेको बताए । उनले देशमा शान्ति,विकास लोक कल्याण जगत कल्याण र वैदिक सनातन हिन्दु राज्यको लागि ब्रत बसेको बताए ।