विराटनगर, १ मंसिर ।   

 यतिवेला छठ पर्वको सामाग्री किन्नेहरुको बजारमा भिड बढेको छ । स्थानियहरुले गत वर्षभन्दा यस वर्ष छठ पर्वका सामग्रीहरुको मुल्य अत्यधिक बढेको गुनासो गरेका छन् । 

   छठ पर्वमा नरिवल, उखु ,केरा, लगायत माटोको सामग्री र बाँसको सामग्रीहरुको प्रयोग गर्ने गरिन्छ । केरा सहित स्थानीय उत्पादनहरु सखरखण्ड, अदुवा, मुला, बेसारको बोट लगायत सामग्रीको गत वर्षभन्दा मुल्य बढेको स्थानीयहरुले बताएका छन । उनिहरुले खोनिया लाङ्लो पनि महंगो भएको बताए ।

बाँसका ढाकी, कुनिया लगायतका सामग्री पनि छठ पूजाका लागि अनिवार्य मानिने भएकाले यसको मुल्य पनि बढेको छ । सबै सामग्रीको मुल्य बढेकाले पूजाआजा गर्न पनि समस्या हुन थालेको स्थानीयहरुको गुनासो छ । आफुहरुले किन्दा नै छठ सामग्रीको मुल्य बढेकाले सामानको मुल्य बढेको व्यापारीहरुले बताएका छन् । 

6t3

शुक्रवार देखि नै छठ पर्वको विधि शुभारम्भ भएको छ । आइतवार अस्ताउदो र्सूर्यलाई र सोमवार उदाउदो र्सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुदैछ । छठ पर्वका बेला करिब १ करोड रुपैया बराबरका विभिन्न सामग्रीहरुको विक्री हुने गरेको बताइएको छ । 

6t

6t2