बिराटनगर २८ कार्तिक
नेपाल संवत् ११४४ न्यू दँया भिंतुनाको अवसर पारेर
झी : पुच विराटनगरले आज विहान विराटनगरमा मोटरसाइकल र्याली निकालेको छ ।
नेपालमा विक्रम सम्वतकै क्यालेण्डर प्रयोग हुने भए पनि यसलाई मौलिक सम्वतका रुपमा विशेष गरी नेवारी समुदायले नेपाल सम्वतलाई मान्दै आएको छ । नयाँ वर्षको अवसरमा विराटनगरमा नेवार समुदायले सांस्कृतिक पहिरन भेषभूषा सहित र्याली निकालेका छन् ।
झीः पुचबाट निस्किएको र्याली नगर परिक्रमा पछि सोही स्थानमा कार्यक्रम गरेको छ । सो कार्यक्रम उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदर कार्कीले गरेका थिए भने सो अवसरमा विभिन्न क्षेत्रको व्यक्तिहरुलाई सम्मान समेत गरीएको छ ।
साेहि अवसरमा झी पुचले निकालेकाे क्यालेन्डर र समचार बुलेटिनकाे पनि बिमाेचन गरिएको छ । आजै झी पुचमा रहेको संग्रालयको पनि शिलन्यास गरिएकाे छ ।
साेहि अवसरमा झि पुचमा नयाँ आएकाे नेतृत्वको पदस्थापन समेत भएकाे छ । अध्यक्षमा भबिशकुमा श्रेष्ठ सहित कार्यसमिति सदस्यहरुलाई झि पुचका संरक्षक सुदर्शन बहादुर श्रेष्ठले शपथ ग्रहरण गराउनुभएकाे थियाे ।
जातिय संग्रालय नेवार सामुदाय र अन्य जातिका भेषभूषाहरु राखिने झि पुचका अध्यक्ष भविस कुमार श्रेष्ठले जानकारी दिए ।