चन्द्र पौडेल

मोरङ । तिहारमा अधिकाशं घरहरू बत्तिबत्ति,दियो र सयपत्री फुलहरुले झिलिमिली पारिएका छन्। तर पुर्वि तराईका किसानहरुलाई भने अन्नले घर भर्न खेतमै व्यस्त छन्। तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन्।

दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ। तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन ।


दीपावलीको चौथो दिन लागिसक्दा पनि अधिकांश किसान धान भित्र्याउनमा व्यस्त छन्। तयार भएको धान मौसम प्रतिकूलताका कारण काट्न नपाएका किसान यतिखेर मौसमले साथ दिएकाले धानखेतमै व्यस्त छन्। दशैंमै धान बाली तयार थियो, मौसमको सूचनाले काट्न पाइएन, त्यसपछि मौसम सफा भएपछि काट्न थाल्यौं, अहिले पनि मौसमको के भर त्यसैले हामी धान स्याहार्नमै व्यस्त छौं’, मोरङ बेलबारी-७ का किसान डम्बर दाहालले भने, ‘खानका लागि धान, वस्तुभाउका लागि पराल पनि भण्डारण गर्नुपर्‍यो। अहिले तिहारमा भुलेमा खेतमै धान सकिन्छ।’ 


उनी भाइटीकाको एकदिन मात्रै रमाइलो गर्नेगरी परिवार काममा जुटेका बताउँछन्। अहिले धान दाउने (थ्रेसिङ) गर्ने  धान  पराल भण्डारणको काम चलिरहेको ’, उनले भने, ‘बढी भएको धान बिक्री गरेर हिउँदे खेतीका लागि आवश्यक मल, बीउको जोहोसमेत गर्न आवश्यक छ।


धान तयारी भएका बेला मौसम प्रतिकूलताले दशैंपछि मात्र धान कटानी थालेका किसानहरु अहिले दीपावलीमा धान कटाइसँगै भित्र्याउनमा व्यस्त रहेका छन्। दीपावली लागे पनि किसानलाई खासै नछोएको बेलबारीका रत्न पौडेलले बताए। 


धान भित्र्याउने कि तिहार मनाउने, अन्न भित्र्याउँदा वर्षभरि खान पाइएला’, उनले भने, ‘अहिले धान नभित्र्याए भोकमरी हुने जोखिम छ। 


चाडपर्व सबैका लागि रमाइलो  महत्वपूर्ण हुन्छ। वर्षदिनमा आउने पर्व  खेती उस्तै हुन्छ। तर पर्व लागे पनि मुख्य दिनबाहेक अन्य दिनमा खेतमा काम गर्दा केही फरक नपर्ने किसानको भनाइ छ। भाइटीकाको एक दिन दीपावली भव्यरुपमा मनाउने तयारी भइरहेको तर अन्य दिनमा खेतमा काम गर्नुपर्ने भएकाले काम गरिरहेका किसान अ्बिका दाहालले बताइन्।