देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले शिक्षक र कर्मचारीहरुलाई  सपथग्रहण गराएको छ । 

प्राविधिक विश्वविद्यालयले आफनो सेवा बिस्तारका लागि स्थायी र नयाँ नियुक्त्त भएका बढुवा भएका २७ जना शिक्षक र कर्मचारीहरुलाई आफन्तको उपस्थितीमा नियुक्त्ति प्रदान गरि सपथग्रहरण गराएको हो । 

मोरङ बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको विश्विद्यालयको केन्द्रिय कार्यालयमा विहिवार आयोजना भएको सपथग्रहण कार्यक्रममा स्थायी र बढुवा हुने २१ जना र खुल्लाबाट पदपुर्ति भएका ६ जना नयाँ अधिकृतहरुले  नियुक्त्तिपत्र लिएर आफन्तको उपस्थितीमा सपथ लिए । सपथका क्रममा सबै कर्मचारीहरुले आफुहरु ऐन नियम र अनुशासनको पालना गर्दै विश्वविद्यालयको दत्तचित्त भएर सेवा गर्ने प्रतिबद्धता जनाए । 

स्थायी हुने र बढुवा भएका अनि नयाँ पदपुर्ति भएका सबै कर्मचारीहरुलाई विश्वविद्यालयका राजिष्ट्रार डा दिलनाथ फुँयालले नियुक्त्तिपत्र प्रदान गरि सपथग्रहण गराएका थिए । 

सपथ समारोहमा पुर्व समाजिक विकासमन्त्री तथा विश्वविद्यालयका संरक्षण समिति सदस्य जिवन घिमिरे , संरक्षण समिति सदस्य सत्यनारायण चौधरी विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल लगायतले कर्मचारीहरुले प्रतिस्पर्धी र सृजनशिल बनेर कामगर्न सकेमात्र विश्वविद्यालयको दु्रत रुपमा स्तरोन्नती हुनसक्ने बताए । उनीहरुले देशकै पहिलो प्राविधिक विश्वविद्यालयले छोटो समयमा सिमित बजेट र कर्मचारीको अभाव झेलेर भएपनि उल्लेख्य प्रगती गर्न सफल भएको र कर्मचारीहरुको सहयोगले केही बर्षमै मनमोहन दक्षिण एसियामा चिनिएको विश्वविद्यालय हुनसक्ने आशा ब्यक्त्त गरे । उपकुलपति डा सुवासश्रीले तिहार लगत्तै थप २० जना कर्मचारीहरुहरु नियुक्त्तहुने र त्यसपछि केन्द्रिय कार्यालयको काम प्रभावकारी ढंगले अगाडी बढने बताए । 

मनमोहन प्राबिधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना भएको देशकै पहिलो विश्वविद्यालय हो । यस विश्वविद्यालयमा   स्कुलअफ इन्जिनियरिङ्ग,  स्कुलअफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूलअफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सञ्चालनमा छन । विश्वविद्यालयमा हाल स्नातक तहको सिभिल र इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग अनि स्नातक तहको मेडिसिन एण्ड एलाइड हेल्थ साईन्सेजतर्फको कक्षा सञ्चालन भैरहेको छ । यो विश्वविद्यालयले चाँडै प्राकृतिक चिकित्सा र आर्टिफिसियल मेडिकल टेक्नोलोजी र अस्पताल मनेजमेन्टबारेको स्नातक तहको कक्षा सञ्चालन गर्ने तयारी पनि पुरा गरेको छ । यो विश्वविद्यालयको मनमोहन पोलिटेक्निक नामको आफनै आंगिक शिक्षालय पनि रहेको छ ।  

यो विश्वबिद्यालयले तीन वटा स्कूलहरु अन्तर्गत दशवर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारधी(पिएचडी) गरी २८ वटा विभिन्न विषयहरु सञ्चालन गर्ने लक्ष्य  लिएको छ ।    

मनमोहनले सूचनाप्रविधि,मेडिकल ल्याबोरोटरी टेक्नोलोजी, पब्लिक हेल्थ,फार्मेसी, स्ट्रक्चरल इन्जिनियरिङ्ग,वपावर सिस्टम इन्जिनियरिङ्ग, इन्भाइरोमेन्टल हेल्थ एण्ड सेफटी, नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड डेभलप्मेन्ट, हेल्थपोलिसी, इनोभेसन एण्ड म्यानेजमेन्ट ,बायोमेडिकल ,  मेकानिकल,अटोमोबाइल ,एग्रीकल्च ,अप्टोमेट्री, होटल म्यानेज्मेन्ट, ट्रान्सपोर्टेसन, टनेल ईन्जिनियरिङग लगायतका विभिन्न बिषयमा पठनपाठन गराउदै जाने योजना तयार पारेको छ ।