कोशी प्रदेशका मुख्यमन्त्री एवम स्वास्थ्य मन्त्रि  केदार कार्कीले संघिय सरकारले कानुन नबनाई दिएका कारण प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो भएको आरोप लगाएका छन् ।

आर्थिक वर्ष०७९र८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वाषिर्क समिक्षा गोष्ठीको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्र्कीले प्रदेशको कानुुन छुट्टै हुनुपर्ने र प्रदेशले आप्mनो निर्णयले काम गर्न पाउनु पर्ने बताए । उनले सो कार्यक्रममा बोल्दै जनता केन्द्रित र जनस्वास्थ्य केन्द्रित स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य मन्त्रालय अन्र्तर्गतका स्वास्थ्यकर्र्मीहरुलाई निर्देशन दिएका छन् ।

14 swastha

सो कार्यक्रममा प्रदेश भरिको स्वास्य अस्पताल र स्वास्थ्यको अवस्था वारे कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादु बस्नेतले जानकारी गराएका थिए । उनले स्वास्थ्ये ०७९र८० मा भएका कामहरु बारे जानकारी गराएका थिए ।  

मन्त्री कार्कीले कर्मचारीहरुले सेवा गर्न तलब लिने गरेकाले स्वास्थ्यकर्र्मीहरुले जनताको सेवालाई सर्र्वाेपरि ठान्नुपर्ने बताए । उनले सुशासनमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै सरकारले प्रदान गर्ने स्वास्थ्य सेवालाई बढी भरोसायोग्य र पारदर्र्शी बनाउनु पर्ने धारणा राखे ।

12  swastha (2)

सो कार्यक्रममा प्रदेश स्वास्थ्य मंत्रालय अन्र्तर्गतका कार्यालयका कार्यालय प्रमुखहरु, सरकारी तथा निजी अस्पतालका प्रतिनिधिहरु, अन्तर्रााट्र्रय दातृ निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने ,स्वास्थ्य निर्देशनालय धनकुटाले आयोजना गरेको तीन दिने समिक्षा गोष्ठीमा १४ जिल्लाका स्वास्थ्य कार्यालयहरु, अस्पतालहरु र आयुर्र्वेद केन्द्र लगायतको विगतका वर्षरुका कामहरु, लक्ष्य र योजनाहरु बारे छलफल गरिनुका साथै आगामी दिनमा अपनाउनु पर्ने नीति बारे छलफल गरिने बताइएको छ ।