राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुग्नुभएको छ ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न भन्दै राष्ट्रपति पौडेल आज जाजरकोट पुग्नुभएको हो । उहाँ रुकुम पश्चिममा पनि जाने कार्यक्रम रहेको छ ।