नेपाल चीन सीमामा पर्ने कोरला नाका कात्तिक २७ गतेदेखि खुल्ने भएको छ । चिनियाँ पक्षले २७ गते विशेष कार्यक्रम मार्फत उद्घाटन हुने बताएको छ । 

चीन सरकारले उद्घाटनको लागि नेपाली पक्षलाई आमन्त्रण गरेको छ ।  नाका उद्घाटनअघि नै यहाँका नागरिकलाई सीमा प्रवेश पास वितरण भैसकेको छ । केही पास वितरणको क्रममा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।