झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजेतिर पानी तान्ने क्रममा करेन्ट लागेर  घाईते भएका दमक नगरपालिका—३ स्थित खोल्सीमा निर्माण भईरहेको पुलमा काम गर्ने भोजपुर नगरपालिका—११ का ४५ बर्षीय चंख बहादुर सार्कीको  उपचारको क्रममा अरनीको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो ।

यस्तै झापाको कन्काई नगरपालिका —३ स्थित घरमा टिनको छाना लगाउने क्रममा  ३६ बर्षीय राम कुमार श्रेष्ठलाई रड बोक्दा अचानक रड बिजुलीको तारमा टच भई करेन्ट लागेर घाईते भएको र  बिर्तासिटि अस्पताल बिर्तामोडमा उनको मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।