बाँकेका योगराज ढकाल रिगललाई प्रहरीले आज जिल्ला अदालत बाँकेमा पेश गरेको छ। बाँकेका प्रहरी प्रमुख एसपी सुवाशचन्द्र बोहोराले आज बिहान दस बजेपछि रिगललाई अदालतमा पेश गरिएको हो।

अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्ने छ। रिगललाई कुन कारागारमा पठाउने भन्ने कुरा कारागार व्यवस्था विभाग र अदालत दुबैले तय गर्न सक्ने एसपी बोहोराले बताए।

सर्वोच्च अदालतले बिहीबार आममाफी बदर गर्दै तत्काल रिगललाई पक्राउ गर्न परमादेश जारी गरेको थियो। त्यसको दुई  घन्टा भित्रै नेपालगञ्जको सेतु बिक चोकबाट रिगल पक्राउ परेका थिए। रिगलले भने अदालतको फैसला अनुरूप आत्मसमर्पण गरेको बताएका थिए।बाँकेका योगराज ढकाल रिगललाई प्रहरीले आज जिल्ला अदालत बाँकेमा पेश गरेको छ। 

बाँकेका प्रहरी प्रमुख एसपी सुवाशचन्द्र बोहोराले आज बिहान दस बजेपछि रिगललाई अदालतमा पेश गरिएको हो। अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्ने छ। 

रिगललाई कुन कारागारमा पठाउने भन्ने कुरा कारागार व्यवस्था विभाग र अदालत दुबैले तय गर्न सक्ने एसपी बोहोराले बताए। 

सर्वोच्च अदालतले बिहीबार आममाफी बदर गर्दै तत्काल रिगललाई पक्राउ गर्न परमादेश जारी गरेको थियो। त्यसको दुई  घन्टा भित्रै नेपालगञ्जको सेतु बिक चोकबाट रिगल पक्राउ परेका थिए। रिगलले भने अदालतको फैसला अनुरूप आत्मसमर्पण गरेको बताएका थिए।