मानव अधिकार तथा शान्ति समाजले मंगलबार दिउँसो नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोक अगाडि शान्ति समाजले आधा घण्टा प्रदर्शन गरेको छ ।

युद्धग्रस्त गाजामा नागरिकहरुको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न र हमासले बन्धक बनाएका विपिन जोशी लगायत सबै बन्धकहरूको शीघ्र रिहाइका लागि पहल गर्न संयुक्त राष्ट्रसंघलाई आग्रहसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापतिहरू होमकान्त चौलागाई  र डा. गंगाधर अधिकारी, महासचिव रेनुका पौडेल, सचिव चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्य नम्रता खरेल, काठमाडौँ शाखा सभापति भगवान् पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत, अधिकारकर्मीहरू बलबहादुर गाहा, जगन्नाथ पुडासैनी, ईश्वर पुडासैनी, नानीकाजी गिरी, तुलसीराम भण्डारी, रमेश बराल, सानु लामा, सुप्रिया सापकोटा, सार्जन चापागाई, लगायत दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।