मोरङको बेलबारी नगरपालिका-८ बलुवाई स्थित माटोको ढिस्कोले पुरीएर एकजना महिलाको मृत्यु भएको छ । आइतबार अपरान्ह सवा ४ बजे बाँसको झ्याङमुनि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खस्दा मोरङको बेलबारी नगरपालिका-१० की २८ बर्षिया सुनिता राजबंशी घाईते भएकी थिईन् ।
माटोको ढिस्कोले पुरेको अवस्थामा देख्नासाथ उनी संगै माटो खोज्न गएकी गिता राजबशीले सुनिता राजबंशीको उद्दार गरेकी थिईन् । गम्भिर घाईते भएकी राजबंशीलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पुर्याउनासाथ डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।