दक्षिणी इजरायलको किबुचमा आतंकवादी समूह (हमास) को आक्रमण परी ज्यान गुमाएका तीन जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ।
तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आइतबार पहिचान भएको हो।
योसँगै आठ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ। बाँकी दुई जनाको शव पहिचानका क्रममा रहेको दूतावासले जनाएको छ।
इजरायल सरकारले सम्पर्कविहीन भएका विपिन जोशीको खोजी पनि जारी राेखेको दूतावासले जनाएको छ।