आगामी कात्तिक १७ गतेदेखि मंसिर १० गतेसम्म बेलबारीमा बेलबारी मिनी  महोत्सव लाग्ने भएको छ । आइतबार सो विषयमा आयोजक बेलबारी युवा समाजले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

उक्त मेलामा स्थानीय पर्यटकीय क्षेत्रको प्रवधर्न, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने र लागुपदार्थको दुव्र्यसनीमा फसेका युवाहरुकालागी जनचेतनामुलक कार्यक्रम संचालन गर्ने र भविष्यमा सही तरीकाको उपचारका लागी सुधारगृहको व्यवस्थापन गर्ने योजना रहेको साथै महोत्सवबाट उठेको रकम समाजसेवामा नै खर्च गर्ने उद्धेश्यले संचालन गरिने संस्थाका सचिव सुविन राईले बताए ।

मेलामा राष्ट्रीय तथा र स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने बताइएको छ ।मेला संचालनगर्न साढे २२ लाख अनुमानित लागत लाग्ने र महोत्सवलाई  भव्य र सव्य तरीकाले सफल बनाउने तयारीमा जुटिरहेको राईले  बताएका छन्।

mini 02