नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कोशी प्रदेशमा विगत एक बर्ष देखिको विवाद र समस्यालाई टुग्यांएको बताएका छन् ।

शुक्रबार विराटनगरमा संचारकर्मीहरु संग कुरा गदै नेता कोइरालाले कोशी प्रदेशको परिस्थित बेग्लै भएको र लामो समय देखि सरकार बन्न नसकेको कारण यो प्रदेश पछि परेको बताएका छन् । उनले कोशी प्रदलेशमा अहिले जे भएको छ त्यसैलाई मिलाएर जाने बताए । उनले कोशीको विषयलाई लिएर पार्टी सभापति संग पटक पटक छलफल र बार्ता गरिएको तर कुनै ठोस जवाफ नपाएका कारण यस्तो परिस्थिति आएको बताए । उनले कोशीको परिस्थितिले केन्द्रलाई कुनै असर नगर्ने बताए र गठबन्धनलाई असर नपार्ने बताए ।

नेता कोइरालाले कोशीका संदर्भलाई लिएर दशै पछि मंन्त्री मण्डल गठन हुने संकेत गरेका छन् । उनले कुनै पनि दलले साथ नदिएका कारण एमाले संग एकता गरेर मध्यावधी हुनबाट बचाएको बताए । 

उनले अहिलेको सरकारले देशको अर्थतन्त्रमा ध्यान नदिएको बताए । डा. कोइरालले संसदिय व्यवस्थामा प्रधानमन्त्रीलाई विगठन गर्ने अधिकार नदिनाले यो व्यवस्था चल्न गाह्रो हुने धारणा राखे । 

संचारकर्मीको प्रश्नमा नेता कोइरालाले संविधानमा पनि जनयुद्ध शब्द नलेखेको र यो शसस्त्र युद्ध भएको बताए ।