स्वस्थ्य मुटु सुखी समाज भन्ने नाराका साथ निःशुल्क मुटु परीक्षण अभियान संचालन गर्दै आएको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बैजनाथपुर स्वास्थ्य चौकी, विराटनगर १९, मोरङ्गको सहकार्यमा यहि मिति २०८० कार्तिक १ गते बुधबारका दिन निःशुल्क मुटु परीक्षण सिविर संचालन गरेको छ । मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवालको नेतृत्वको चिकित्सक टोलीले ६६ जना विरामीको मुटु परीक्षण गरेको थियो जसमध्ये ६६ जनाकै निःशुल्क इकोकार्डियोग्राफि गरिएको थियो भने ४० जना विरामीको निःशुल्क इ. सि. जि. गरिएको थियो ।

नोवेलको मुटु विभागमा मुटु सम्बन्धी सम्पूर्ण सेवाहरु उपलव्ध रहेको छ । साथै मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षणको यस अभियानलाई गाँउ गाँउ सम्म पुर्याउने लक्ष्यका साथ विभिन्न संघ संस्थाहरुसंगको समन्वयमा नियमित रुपमा निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरिँदै आएको छ ।

WhatsApp Image 2023-10-18 at 4.28.06 PM

WhatsApp Image 2023-10-18 at 4.28.05 PM (1)