सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । इजरायल-प्याल्स्टाइन युद्धको चपेटामा परी विद्यार्थीको निधन भएकोले विश्ववियालयले आज शोक बिदा दिएको हो ।
प्यालेस्टाइनको हमास समूहको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना विद्यार्थीको निधन भएको छ ।
केही विद्यार्थी घाइते भएका छन् । उनीहरूको उद्धार गरी नेपाल ल्याउने पहल सुरु भएको छ ।




















