योगराज ढकाल (रिगल)लाई आममाफी दिएको भन्दै मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरेको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा रिगललाई आममाफी दिएको भन्दै सोमबार कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो। 

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले १३ जनालाई नियन्त्रणमा समेत लिएको छ।