पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भएको हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा दुःख व्यक्त गर्नुभएको छ  । अध्ययन र रोजगारीका सिलसिलामा इजरायलमा रहेका हजारौँ नेपाली युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा आफूलाई चिन्ता लागेको पनि उहाँले जनाउनु भएको छ ।

आजको दुनियाँमा कहीँ पनि द्वन्द्व र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने पनि पूर्वराजा शाहले प्रस्ट पार्नु भएको छ ।