इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थीत दक्षीणकाली मन्दिर परिसरमा १ जना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । 

अन्धाजी ४०/४२ वर्षका नाम, थर, ठेगाना नखुलेका व्यक्ति सो ठाउँमा मृत भेटिएका हुन् । उनको साथमा एउटा झोला फेला परेकाे छ । झोला भित्र भुल तन्ना, चप्पल छन्। 

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक कैलाश चौधरीले झाेला भित्रका सामान हेर्दा मागेर जीविकोपार्जन गर्ने सडक मानव हुन सक्ने बताउनुभयाे । मृत शवलाई वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापा, प्रहरी निरिक्षक कैलाश चौधरी र स्थानीयको रोहबरमा मुचुल्का उठाई इटहरी उपमहानगरपालिकाको शव वहानमार्फत पोष्माटमको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पाठाइएको छ । 

मृतकको अनुसन्धान भइरहेको र पोष्माटमपछि मात्र थप जानकारी प्राप्त हुने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक कैलाश चौधरीले बताउनु भयो ।

ith