लागु पदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
ट्राफिक प्रहरीले भक्तपुरको जगातीमा शुक्रबार चेकिङ गरी तीन जना सवारी चालकलाई नियन्त्रणमा लिएको हो।
ना ६ ख ५१९६ नम्बरका ट्रक चालक मकवानपुर भिमफेदी गाउँपालिका-२ भैंसेका २८ वर्षीय राजन विक, बा २ ख ८२०५ नम्बरको मिनी ट्रक चालक रोल्पा जुराका २७ वर्षीय दिपक विक र बा ५ ख ५२७७ नम्बरका हाइस चालक धादिङ गल्छी गाउँपालिका-५ का ३४ वर्षीय रमेश कमरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।