विराटनगर, ११ असोज ।
पैगम्बर हजरत मोहम्मदको जन्म दिवसको अवसरमा मुस्लिम समुदायले मुलुकमा दिगो शान्ति र स्थायीत्वको कामना गर्दै विराटनगरमा शान्ति पदयात्रा आयोजना गरेका छन् ।
अल्लाहको अति निकट व्यक्तित्व भएको नाताले मुस्लिम धर्माबलम्बीहरुले हजरत मोहम्मदलाई पैगम्बरको रुपमा मान्दै आएका छन् । इस्लाम धर्मको प्रवद्धर्तक रहेका हजरत मोहम्मदको जन्म दिनलाई मुसलमान धर्माबलम्बीहरुले इद मीलादुन नबी दिवसका रुपमा मनाउने गर्दछन ।
स्थानीय जामे मस्जिदबाट नारा लगाउदै शुरु भएको शान्ति पदयात्रामा मुस्लिम समुदायका प्रत्येक घरका वृद्ध देखि बालबालिकाहरु सहभागि भएका थिए । विराटनगरको बुधहाट बाट विभिन्न झाँकी सहित निकालिएको सो पदयात्राले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।