नक्कली शरणार्थी प्रकरणका आरोपितहरू थुनामा पठाउनुपर्ने आदेश गर्ने जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवा भएको छ ।

गत मंगलबारको न्यायपरिषद् बैठकले न्यौपानेलाई काठमाडौंबाट रुकुमकोट जिल्ला अदालतमा सरुवा गरेको हो ।जिल्ला अदालत काठमाडौं नक्कली शरणार्थी प्रकरणका आरोपितहरूविरुद्ध मुद्दा दायर भएपछि गोला हाल्दा न्यायाधीश न्यौपानेको इजलासमा त्यो मुद्दा परेको थियो ।

बयान गराउनदेखि करिब एक महिना लामो सुनुवाइपछि थुनछेक आदेश टुंग्याएका न्यायाधीश न्यौपानेको रुकुमकोट जिल्ला अदालतमा सरुवा भएको हो ।