विराटनगर, २०८० भदौ २७ गते ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वधानमा ७ कार्य दिनको प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी दोस्रो समुहको तालिमको समापन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा भाद्र २१ गतेबाट संचालन भएको उक्त तालिमको आज प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रममा प्रमुख अतिथि सापकोटाले तालिमबाट सिकेका सिप, ज्ञानलाई कार्य क्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिनु भएको छ । उक्त तालिममा कोशी प्रदेश मातहतका जिल्लाहरुका जुनियर प्रहरी अधिकृत देखी प्रहरी जवान सम्मका २२ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको  थियो ।