जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । आज बिहान साढे ८ बजे निधन भएको हो ।४४ वर्षीया यादव दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत यादवकोृ आज बिहान निधन भएको हो । ।