प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम उडान पुनः भोलिबाट सुचारु हुने भएको छ ।

भदौ २५ गते सोमबारदेखि तारा एयरले नियमित उडान गर्ने भएको हो । बिस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको कम्पनीले जनाएको छ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाईएको कम्पनीले जनाएको छ ।

तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाट हुने गरेको छ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ । यो विमानस्थलको लम्बाई ७३९ मिटर रहेको छ ।