झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–३ बोहोरा टोलमा कै ३० वर्षीय वीरेन्द्र सहनी रहेका छन्  ।दक्षिणबाट उत्तरतर्फ आइरहेको मे११प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे२प ५९२३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मे२प ५९२३ नं मोटरसाइकल चालक सहनीको मृत्यु भएको प्रहरी सहायक निरीक्षक याम खड्काले बताए । उनका अनुसार दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।