६० किलो सुन प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी र दुई नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली रहेका छन्। 

उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको डिआइजी  कुवेर कडायतले बताए। योसँगै पक्राउ पर्नेको संख्या ३० पुगेको छ।

यस प्रकरणको अनुसन्धान सुरूमा राजश्व अनुसन्धान विभागले अघि बढाएको थियो। तर पछि विभागले सिआइबीलाई थप अनुसन्धानको जिम्मा दिएको थियो। 

त्यसयता प्रहरीले संगठित अपराध कसुरमा अनुसन्धान गर्दै आएको छ। यसको अनुसन्धान गर्न प्रहरीसँग ६० दिनको समय हुन्छ। ६० दिनमा प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा अभियोजनका लागि प्रतिवेदन पेश गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ।