काठमाडौं महानगरपालिकामा भोलि शोक बिदा हुने भएको  छ। काठमाडौं महानगरपालिका १६का वडाध्यक्ष मुकुन्द रिजालको आज  बिहान निधन भएकोले   महानगर अन्तर्गतका कार्यालयहरूमा भोलि शोक बिदा दिने भएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो।  रिजालको डेङीका कारण मृत्यु भएको हो । 

उनी कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ सभापति र महानगर वडा नम्बर १६ अध्यक्षमा दुई पटक निर्वाचित भएका थिए।रिजाल २०२७ सालमा जन्मेका थिए। उनी २०४६ को जनआन्दोलमा प्रहरी हिरासतमा रहेका थिए।

सरस्वती क्याम्पसमा पढ्दा नेविसंघमा आवद्ध भएर उनले राजनीतिमा प्रवेश गरेका थिए। रिजालले मानव अधिकारवादी संघ संस्थामा रहेर पनि काम गरेका थिए।