नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति मुकुन्द रिजालको आज निधन भएको छ। रिजालको डेंगीका कारण मृत्यु भएको हो । सभापति मुकुन्द रिजाल काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष पनि हुनुहुन्थ्यो ।
उपचारको क्रममा बिहीबार बिहान काठमाडौंको ग्रान्डी अस्पतालमा उहाँको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि रिजाललाई गत भदौ १७ गते अस्पताल लगिएको थियो।
अस्पतालका मेडिकल डाइरेक्टर डा। विनोद विजुक्छेले विज्ञप्ति जारी गर्दै दुवै फोक्सोमा सिभियर निमोनिया भाइरल निमोनिया देखिएपछि रिजाललाई भदौ १७ गते आइतबार दिउँसो १ बजेदेखि सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको उल्लेख गरेका छन्।
उपचारका क्रममा आज बिहान ७:३० बजे रिजालको निधन भएको हो ।