हेल्लो सरकारमा जनताका गुनासा बढ्न थालेका छन् । सेवा २४ घण्टा नै सञ्चालन गर्नुका साथै सम्बोधन हुन थालेपछि गुनासा बढ्न लागेका हुन् ।
बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी प्रधानमन्त्रीप्रचण्डले आइतबार शुभारम्भ गरेको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका(८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गरेकी थिइन् । गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।उक्त सेवापश्चात फोनमार्फत गुनासो टिपाउने सङ्ख्या अधिक रहेको तथा आम नागरिकको चासो र विश्वास बढेको सचिवालयको दाबी छ ।
नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनी जाँच गर्ने गरेको, नयाँ सुरुआतको लागि शुभकामना दिनका लागि फोन गर्ने गरेको पनि पाइएको छ । आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माणकाकार्यमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासो बढेको जानकारी गराइएको छ ।