नेपालमा डेंगु संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हाल डेंगु संक्रमितको सङ्ख्या साढे २२ हजार नाघेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका ईडीसीडीले जनाएको छ । तथ्याङ्क अनुसार गएको साढे सात महिनाको अवधिमा संक्रमितको कुल सङ्ख्या २२ हजार ६२७ जना पुगेको हो । संक्रमित मध्ये १४ जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ ।
यस्तै डेंगु संक्रमण ७५ जिल्लामा फैलिएको ईडीसीडीले जनाएको छ । संक्रमण देखिएको जिल्लाहरू मध्ये सबैभन्दा धेरै १२ हजार ४३१ जनामा संक्रमित सुनसरी जिल्लामा छन् । दोस्रोमा २ दुई हजार २४९ जना मोरङमा संक्रमण पुष्टि भएको छ । यस्तै, झापामा १ हजार ३४७, काठमाडौँमा ४४५, धनगढीमा ३४२, धनुषामा ३३१, सङ्खुवासभामा ३०२, कास्कीमा २६७ र कैलालीमा २१६ जना संक्रमित रहेका छन् ।