ललितपुरमा कोशी प्रदेशको नाम खारेज गर्न मागसहित आज दिउँसो  प्रदर्शन भएको छ। किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहितिस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन र्‍याली निकालिएको हो। उनीहरूले कोशी प्रदेशको नाम खारेज गरी ऐतिहासिक पहिचानको आधारमा नाम राख्नुपर्ने माग गरेका थिए।

कला प्रदर्शनी समेत आयोजना गर्दै लिम्बुवान किरात कायम गर भन्ने मूल नाराका साथ र्‍याली निकालिएको थियो। 

गत फागुन १७ गते कोशी प्रदेशको नामकरण भएको थियो। दुई तिहाइ बढी मतले उक्त नाम पारित भएको भएपनि  कोशी प्रदेशको नामको विरोध हुँदै आएको छ।