शुक्रबारबाट तातोपानी नाकामा स्थानीयका लागी खुल्ने भएको छ । सर्वसाधारणले  आवतजावत गर्न पाउने भएका छन्। गत मंगलबार चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच तिब्बतको ल्हासामा भएको बैठकले यस्तो सहमति गरेको हो। 

चिनीयाँहरूले अहिलेलाई सिन्धुपालचोक बासीहरूलाई र चिनियाँ भिसा भएकाहरूलाई आवतजावत खुला गर्न भनेका छन्। सिन्धुपालचोकका स्थानीयले आवतजावतको लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्। 

२०७२ सालको भुकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिबाट मालवाहक सवारीको आवात जावत खुलेको थियो। मानिस आवत जावत भने खुल्न सकेको थिएन। यात्रु आवात जावत खुलेसँगै सो नाकाबाट हुने व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ।