तेह्रथुम, २०८० भाद्र ११ गते ।

तेह्रथुमको म्याङलुङ नगरपालिका-१० मा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आईतवार साँझ म्याङलुङबाट जिरी तर्फ जाँदै गरेको को. १४ प ८९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालक म्याङलुङ नगरपालिका-८ का २२ बर्षीय संगम तामाङ र पछाडी सवार सोही स्थानका २५ बर्षीय सबिन लिम्बुको उपचारको क्रममा जिल्ला अस्पताल म्याङलुङमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।