बेलबारी नगरपालिका वडा नं ८ को बरियातिझार रणपाल टोल विकास संस्थाले आज गौ हत्याको विरोधमा मसाल जुलुससहितको सद्भाव र्‍याली निकालेको छ । र्‍याली आज साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म भएको हो । सामाजिक एकता कायम गरौँ, सनातन हिन्दु धर्मको रक्षा गरौँ, गौ हत्यारालाई फाँसी गर, सबै नेपाली एक हौँ , संविधानको रक्षा गर, सबै जनजाति एक हौँ  भन्ने नारासहित सद्भाव राँके जुलुस निकालिएको थियो । सामाजिक सद्भावसहितको उक्त र्‍याली त्रिवेणी चोकको मन्दिरबाट सांङ्लिईनारसम्म नाराबाजीसहित निकालिएको थियो भने सांङ्लिईनारमा पुगेर कोणसभामा परिणत भएको थियो । गौ हत्याको बारेमा निकालिएको र्‍यालीमा करिब ३०० जनाको सहभागीता रहेको थियो ।