नेपालमा पछिल्लो नौ वर्षमा तीन हजार ११८ किलोमिटर लामो विद्युत प्रशारण लाइन विस्तार भएको छ । लोडसेडिङ अन्त्यपछि नेपाल विद्युत प्राधिकरणले  प्रशारण लाइन विस्तार गरेको हो । 

हाल नेपालको विद्युत प्रशारण लाइनको सवस्टेसनको क्षमता ८ हजार ८६७ एमभीए पुगेको छ । नौ वर्षअघि आर्थिक वर्ष २०७१/७२ मा सवस्टेसनको क्षमता २ हजार १३२ एमभीए मात्र थियो । आर्थिक वर्ष २०७९/८० सम्म सवस्टेसनको क्षमता ६ हजार ७३५ एमभीए बढेको विद्युत प्राधिकरणले जनाएको छ ।आर्थिक वर्ष २०७१/७२ मा ६६ र १३२ केभीका प्रशारण लाइन रहेकामा २०७३/७४ देखि २२० र ४०० केभीका प्रशारण लाइन पनि सञ्चालनमा छन् ।

आर्थिक वर्ष २०७१/७२ मा २ हजार ६२४ सर्किट किलोमिटर प्रसारण लाइनमा रहेकामा ३ हजार ११८ सर्किट किलोमिटर थपिएर आर्थिक वर्ष २०७९/८० मा ५ हजार ७४२ सर्किट किलोमिटर पुगेको छ ।