पृथ्वी राजमार्ग अन्तर्गत धादिङको छहरा भन्ने स्थानबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

केही समय अघि धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा बस खसेको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको छ । कति मृत्यू भएको एकीन विवरण आएको छैन । 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको छ । कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।

बस काठमाण्डौबाट बागलुङ गएको भन्ने प्रारम्भिक जानकारी छ ।

तस्वीर: सामाजिक सञ्जाल