बजारमा प्याजको मूल्य  बढेको छ। प्याजको मूल्य ३० प्रतिशतले बढेको हो ।  सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एण्ड कस्टमले शनिबार प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको थियो। 

यो कर २१ डिसेम्बर २०२३ सम्म लागु हुने भएको छ।  आफ्ना जनतालाई राहत दिन भन्दै  भारत सरकारले प्याजको मूल्य बढाएको हो । 

कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्याजको थोक मूल्य अधिकतम प्रतिकिलो ६२ रूपैयाँमा बिक्री भइरहेको थियो भने सोमबार ८० रूपैयाँमा बिक्री भइरहेको छ। 

नेपालमा भारतबाट वार्षिक ६ अर्ब ७५ करोड बराबरको ताजा प्याज आयात हुन्छ भने ७ करोडको सुकाएको प्याज आयात हुन्छ।   

कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ हाराहारीमा छ।

नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा प्याजलाई पनि मूल्य अभिवृद्धि कर वस्तुको सूचीमा राखेको छ।

जसअनुसार साउनबाट प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्न थालेको छ। भारतले अहिले लगाएको करको कारण नेपालमा पनि मूल्य बढ्ने भएको छ।