आज नेपाली सेयर बजारमा गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आज नेप्से २१।९९ अंकले गिरावट हुँदा २०११।१४ को विन्दुमा बन्द भएको हो।
नेप्सेमा १ प्रतिशत भन्दा बढीको गिरावट भएको छ ।
भदौ १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर अधिकांश बैंकले बढाउँदा लगानीकर्ता थप निराश भएका हुन् । लगातार ३ दिन घटेर गत बिहीबार सामान्य बढेको नेप्से आइतबार पनि गिरावट भएको छ ।