६० किलो सुन बरामद प्रकरणमा समातिएकामध्ये ४ जनासँग नेपाली नागरिकता भेटिएको छ ।
तीन जनासँग जिल्ला प्रशासन कार्यालय, काभ्रे र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता भेटिएको हो ।राजश्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर विभागले थप अनुसन्धानको गर्न भन्दै सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो ।
त्यसक्रममा पक्राउ परेका चिनियाँ नागरिकहरुको साथमा प्रहरीले नेपाली नागरिकता र राहदानी फेला पारेको हो । प्रकरणमा पक्राउ परेका होटल भियनाका सञ्चालक दावा छिरिङको साथमा ११८६५ नम्बरको नेपाली नागरिकता भेटिएको छ ।